Gandak News
Our News Your Views

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो महानगर

पोखरा। आफ्नै निर्णयबाट पछि हट्दै पोखरा महानगरपालिकाले पार्किङका लागि अर्काे व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला रहने जनाएको छ।

महानगरले आइतबार पुनः अर्को सूचना मार्फत पोखराको मुख्य बजार क्षेत्रमा सवारी पार्किङ व्यवस्थित गर्दै अगाडी बढ्ने जनाएको हो।

सूचना भनिएको छ – सरोकारवालाहरु निकायहरू सँगको छलफल पश्चात लागु गर्न सुझाव आएकाले हाललाई पूर्ववत अनुसार नै रहने व्यहोरा जानकारी गराइन्छ।”

महानगरले यस अघिको सूचनामा यहि माघ २३ गतेदेखि पोखराको मुख्य व्यवसायिक स्थान पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप बढेको भन्दै पार्किङ निषेध गरिने जनाएको थियो।

लोड हुँदै ...