आज देशभरको मौसम कस्तो रहन्छ?

आज देशभरको मौसम कस्तो रहन्छ?

mausam

पोखरा । देशका केही स्थानको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं.१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ