कास्की । पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आइबार देखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलबाट हाम्रो एफसीले विजयी सुरुवात गरेको छ ।
डाडाँगाउँ एफसीलाई टाइबेकरमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै हाम्रो एफसी दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । उनका अनुसार खेल १–१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो ।
यस्तै दोस्रो खेलमा एम फाइभ मालेपाटनले सराङकोट एफसीलाई २–० को गोल अन्तरले पराजित गर्याे । एम फाइभको जीतमा आयुष थापाले २ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार सोमबार पहिलो चरणकै ८ वटा खेल हुनेछ ।

सो प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खेलकुदको विकासका लागि आफुले पहल गर्ने धारणा राखे ।
आफु विगत २१ वर्षदेखि खेलकुदमा काम गर्दै आएको उल्लेख गर्दै पोखरालाई खेलकुदको केन्द्र बनाउने पक्षमा सदनमा प्रतिबद्ध रहने बताए ।
प्रदेश सांसद बरालले खेलकुदको विकासका लागि आफु सधै सकारात्मक रहेको बताउदै सोही अनुसार सदनमा प्रस्तुत हुने बताएका थिए ।
आगामी फागुन २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।
अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।
प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो