Gandak News
Our News Your Views

बढ्यो सुनको मूल्य

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढको छ भने चाँदीको स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ५ सय रुपैयाँले बढको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

यसैगरी, आज चाँदीको भाउ भने स्थिर छ। चाँदी आज पनि हिजो जस्तै तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

लोड हुँदै ...