बिटी कपमा पहिलो चरणका खेल जारी, सोमबार ८ खेल सम्पन्न

बिटी कपमा पहिलो चरणका खेल जारी, सोमबार ८ खेल सम्पन्न

Bt Photo 2

कास्की । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सोमबार ८ खेल सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा सोमबार भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ गोल अन्रले पराजित गर्याे ।

खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो ।

बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले जित निकाल्यो ।
यस्तै मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेलपनि गोलरहित भएपछि ट्राइबेकरमा २–१ अन्तरले टाइबेकरमा माईती गोर्खाज् विजयी बन्यो ।

चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २–० गोल अन्तरले पराजित गर्याे र जि नाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १÷१ गोलको योगदान दिए ।

यस्तै पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगायो ।

नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे ।

छैटौं खेलमा ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५–२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्याे ।

युनाइटेलको जीतमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १/१ गोल गरेका थिए भने एक गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो ।

यता घान्द्रुकको तर्फबाट निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १/१ गोल फर्काए ।

सातांै खेलमा दिव्यज्योती क्लबलाई त्रिशक्ति क्लबले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १/१ गोलको योगदान दिए ।

सोमबार भएको अन्तिम तथा आठौं खेलमा शितलज्योती क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।

शितलज्योतीको जीतमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए ।

खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रोचरणका २ खेल हुनेछन् ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।

प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ