भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा

football-u-19

काठमाडौं । बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।

नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक÷एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् ।

यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds