पोखरा । गण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिल देव शर्मा, सह सचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सह कोषाध्यक्षमा सुमन ताम्राकार छन् ।
सदस्यमा जय प्रकाश थापा, कृष्ण बहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्य जंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमन जंग राणा, सुरेश बजिमय, मनोज कुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा (इमान), सुन्दर कुमार थापा र राज कुमार गुरुङ छन् ।

०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप आयोजना गरेको थियो । क्लबले क्षेत्रीय स्तरमा ४ संस्करण सम्म क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । बुद्ध जयन्तीको अवसरमा क्लबले ४ पटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।
नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुदका गतिविधिलाई जनस्तर सम्म पु¥याउन विभिन्न गतिविधि गर्ने प्रतिवद्धता गरे । उनले भने, विगतमा हामीले फुटबल, क्रिकेट, भलिबल प्रतियोगिताहरु गरिसकेका छौं । यसलाई अझ व्यवस्थित बनाउँदै स्पोट्स एकेडेमीको अवधारणामा अघि बढ्ने छौं ।’ भावी दिनमा महिला र बालबालिका केन्द्रीत प्रतियोगिता र खेलकुद गतिविधिसमेत गर्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो