पोखरा । चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतिय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो ।
आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर गुरुका अनुसार आगामी फागुन ४ गते देखि सुरु हुने महोत्सवमा ७ किलोमिटर दुरीमा पर्वतिय दौड हुनेछ । पोखरा महानगरपालिकाको रानीपौवादेखि काहुँडाडासम्मको ७ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता खुलिसकेको अध्यक्ष गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले ७ हजार, तेश्रोले ५ हजार पाउनेछन् भने चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैया नगद र उत्कृष्ट २० जनालार्ई मेडल प्रदान गरीनेछ ।
महिलातर्फको ईभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।
पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो ।
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । क्लवका अध्यक्ष देव बहादुर गुरुङले काहूँको शुन्दरता र त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरीक पर्यटनको बृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए । २०२६ सालमा निर्मित काँहु धरहरा मुख्य बजारबाट नजिकै रहेरपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको ठम्याई छ ।
काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्न महोत्सवको उल्लेख्य भूमिका रहने उनको भनाई छ ।
यसअघि २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ । काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो