पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

accident

पर्वत । पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार साँझ कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा ध१ज ११२३ नम्बरको इको भ्यान दुर्घटना हुँदा चालक ४० वर्षीय बालकृष्ण पौडेल उपाध्याको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाइते पौडेलको उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगेको र उपचारकै क्रममा आइतबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।

दुर्घटनामा सामान्य घाइते भएका २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना बिक पर्वत अस्पतालमा नै सामान्य उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ