जोमसोमबाट पोखरा आउँदै गरेको बस कालिगण्डकीमा खस्यो, १७ जना घाइते

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालिगण्डकीमा खस्यो, १७ जना घाइते

smart

smart

पोखरा। मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस बुधबार (आज) बिहान कालिगण्डकीमा खसेको छ ।

बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ–३ धम्पुमा बिहान साढे ८ बजेतिर ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बस सडकबाट ४० मिटर तल नदीमा खसेको थियो ।

दुर्घटनाको खबर लगत्तै जोसोमबाट प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल सहित प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरिएको छ ।

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।

निर्माणाधीन भएकाले साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा म्याग्दी, पोखरा र भारतीयहरु सवार रहेको प्रहरीको भनाइ छ । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ