पोखरा । साविक विजेता छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल र छात्र तर्फ पोखरा एकेडेमीले नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता २०७९ को उपाधि जितेका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्रा ह्याण्डबल प्रतियोगिताको बुधबार पोखरामा भएको फाइनल खेलमा गण्डकीले सरस्वती बिद्या आश्रमलाई र छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमी एले ज्ञान ज्योति बिद्या कुन्जलाई पराजित गर्दै उपाधि जितेका हुन्।
पोखरा रंगशालाको कभर्ड हलमा बुधबार भएको छात्रा तर्फको फाइनल खेलमा गण्डकीले सरस्वती बिद्या आश्रमलाई ५—३ को गोल अन्तरले पराजित गर्दा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्या कुन्जलाई १०—७ को गोल अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा एलिजा कार्कीले दुई, आयुषा भुजेल, श्रृया श्रेष्ठ र पुर्णिमा क्षेत्रीले एक एक गोलको योगदान दिए । सरस्वतीको तर्फबाट कुशुम वानियाले दुई र स्वयता बोहोराले एक गोल गरिन्।
पोखरा एकेडेमीको जितमा विश्वास गायकले ५, आश्रीत बस्नेत र निरज गुरुङले दुई/दुई गोल गरे भने ज्याम्स छन्त्यालले एक गोल गरे । ज्ञान कुन्जका विवेक थापाले ह्याट्रिक, सन्देस सुनारले २ र सुमित पुन र जेतेन्द्र बुढाथोकीले एक/एक गोल गरे ।

प्रतियोगितामा छात्रा तर्फ सरस्वती बिद्या आश्रमकी करीस्मा बोहोरा उत्कृष्ट खेलाडी घोषित भईन भने सोही विधामा छात्र तर्फ पोखरा एकेडेमीका विश्वास गायक उत्कृष्ट खेलाडी घोषित भए । छात्रा तर्फ ८ गोल सहित सर्वाधिक गोलकर्ताको उपाधि सरस्वती बिद्याश्रमकी स्वयता बोहोराले पाउदा छात्र तर्फ सोही इभेण्टमा १० गोल गरेका गण्डकीका मनिस कुमार कुस्वाहाले प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट गोलरक्षको उपाधि सरस्वती बिद्या आश्रमकी अर्पना पुन सोही विधामा छात्र तर्फ पोखरा एकेडेमीका सोवित गुरुङले प्राप्त गरे ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित ट्रफी प्रदान गरिएको छ । विजयी खेलाडीहरुलाई एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजयकान्त अधिकारी, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, संघका सल्लाहकार एवं पूर्व खेलाडी राम गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, गण्डकी स्कुलका प्राचार्य विरेन्द्र खड्का, पूर्व राष्ट्रिय खेलाडी शान्ति थापा, कास्की जिल्ला वक्सिङ संघका अध्इक्ष क्या.मोतीलाल गुरुङ, संघका अध्यक्ष चित्र थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना भएकोे उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष चित्र थापाले बताए । उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु