ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

chandra-bhandari

काठमाडौँ । एलपी ग्यास (खाना पकाउने) सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारी बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका हुन् ।

घटनामा भण्डारीकी ८६ बर्षिया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएकी छन् ।

हाल उनीहरुको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

सांसद भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको र उहाँकी आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

खाना खाएर सुतिसकेपछि राति साढे १० बजेतिर सिलिण्डर विष्फोट भएको बताइएको छ । ग्यास लिक भएर विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ