केन्याका धावक स्टेफेन काेस्गेइ लगातार दोस्रो पटक पोखरा म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु भएको दाैडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गरेका थिए । अघिल्लाे संस्करणमा उनले यो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पार गरेका थिए ।
दाेस्राे पनि केन्याकै धावक जुलियस मुरौकी हुन सफल भए । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेपाल आर्मीका हाेमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।
शनिबार नै भएकाे महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।

एपिएफकी बृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दाेस्राे भइन् । आर्मीकी पूर्णलक्ष्मी न्याैपाने तेस्राे बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा दूरी पूरा गरिन् ।
पाेखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय जुलियसले ३ लाख र तृतीय हाेमलालले २ लाख रुपैयाँ पाएका छन् । यसैगरी, महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय बृन्दाले १ लाख, तृतिय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।
यस वर्षको खुल्ला म्याराथनमा १५० धावक र महिलातर्फको हाफ म्याराथनमा ३५ धावकले प्रतिष्प्रर्धा गरेका थिए ।

सम्बन्धित खबर
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो