लेखनाथ खुदीबाट पाेखरा आउँदै गरेकाे बस डाँडाकाे नाकमा दुर्घटना

लेखनाथ खुदीबाट पाेखरा आउँदै गरेकाे बस डाँडाकाे नाकमा दुर्घटना

FB_IMG_1676809022065

पोखराको लेखनाथ-पोखरा सडकखण्डमा स्थानिय मिनी बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी, शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गरिएकाे कास्की प्रहरीले जनाएको छ । बस खुदीबाट पोखरातर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांश पाेखरा विश्वविद्यालयका विद्यार्थी छन् ।

कास्की प्रहरीका अनुसार दुर्घटनामा ४० जनाजति यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएकाे छ ।

बस पनि क्रेनकाे सहायताले खाेल्साबाट निकालिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ