पछिल्लो ७ महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब नाघ्याे

पछिल्लो ७ महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब नाघ्याे

business

काठमाण्डौ। पछिल्लो सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ ।

भन्सार विभागले आज बुधवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको हो ।

यस्तै, सोही अवधिमा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । जुन २९.०३ प्रतिशतले कम हो । गत वर्ष नेपालले ७ महिनाको अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

यस्तै,नेपालले ७ महिनाको अवधिमा २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ