मिलियन भ्यूज कटाएको ‘फूलमा रस छ के’ ले मन जित्दै (भिडियो)

मिलियन भ्यूज कटाएको ‘फूलमा रस छ के’ ले मन जित्दै (भिडियो)

329172903_2147656055425998_6951077586834886244_n

फूलमा रस छ के
लुकी लुकी नहेर निरले, माया बस्छ के

युवा लोक श्रष्टा सुरेश बानियाँले अहिलेकी चर्चित एवं व्यस्त गायिका शान्ति श्री परियारसँग गाएको यो गीतले अहिले चर्चा बटुलिरहेको छ । गीतमा लुकी लुकी नहेर शब्द छ, दर्शकले भने खुलेरै भिडियो हेरेका छन् । माया गर्नेहरु बढिरहेको छ । तीन साताको अवधिमा साढे ११ लाख पटक भिडियो हेरिसकिएको छ ।

गीतको भाका एवं शब्द तयार पार्ने कृष्ण शताब्दीको व्यक्तिगत युट्युब च्यानलमा अपलोड गरिएको भिडियोले सन्तोषप्रद भ्यूज पाएको हो । गीतको रचनामा दावा शेर्पाले पनि योगदान गरेका छन् । सञ्जीवनी डिजिटलको अडियो/भिडियो रहेको गीतको रेकर्ड प्रिज्मामा गरिएको हो ।

भिडियो मन पराइनुमा सागर लम्साल क्षेत्री र एलिना रायमाझीको स्क्रिन शेयरिङ पनि हो । बाल कलाकार कबिर बस्ताकोटीले पनि अभिनय गरेका छन् । गुरुआमा फिल्मसकी स्मृति तिमिल्सिनाको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् । करण चैसिले भिडियो खिचेका हुन् ।

सुरेश बानियाँका पछिल्ला चर्चित गीतहरूः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ