पोखरा । नेत्र हिन क्रिकेट संघ कास्कीको आयोजनामा आज (शनिबार) देखि पोखरामा प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा पाँच दिन चल्ने उक्त प्रशिक्षणको एक समारोहका बिच शनिबार प्रदेश खेलकुद परिषदका सदस्य एवं नेत्र हिन क्रिकेट संघका केन्द्रिय महासचिव अमृत बरालले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उनले शारीरिक रुपमा कुनै न कुनै रुपमा अपाङ भए पनि अवसर प्रदान गरेको खण्डमा उनीहरुले समाजमा उदाहरणीय कार्य गर्न सक्ने दाबी गरे । नेतृत्व विकास, पत्रकारिता, गमनशिलता लगायतको बिषयमा प्रशिक्षण हुने भएको छ भने नेत्रहिन महिला क्रिकेट खेलाडी छनौट समेत हुने भएको संघका केन्द्रिय सचिब निलकण्ठ तिमिल्सिनाले बताए ।
क्रिकेटका प्रशिक्षक रिजन प्रजु, नेत्र हिन संघका केन्द्रिय महासचिव शिशिर खनाल, नेत्र हिन युवा संघ कास्कीका अध्यक्ष सुर्य भट्टराई लगायतले प्रशिक्षण गराउने भएका छन भने आउदो वैशाख १२ र १३ गते भारतसंग हुने टि ट्वान्टी दृष्टिविहिन महिला क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनौट समेत हुने भएको हो । यस अघि भएका अन्तराष्ट्रिय दुई खेलमा वेलायत र पाकिस्तानलाई नेपालको दृष्टिविहिन महिला क्रिकेट टोलीले पराजित गरेको छ । संघका अध्यक्ष अक्षय खड्कीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको सचिव शेरजंग गुरुङले बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला