पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपालका कम्युष्टिहरुलाई एक गराउने प्रयास सफल हुन नसकेको बताएका छन् ।
एमाले पोखरा महानगर कमिटीद्धारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै अधिकारीले नेपालको एक मात्रै कम्युनिष्ट पार्टी नेकपा (एमाले) रहेको दाबी गरे ।
‘देशमा एमाले बाहेक अर्को कम्युनिष्ट पार्टी रहेन । रोहित हुनुहुन्छ । अरु सबैजना कांग्रेसको सती गए’,उनले भने ।
ज्येष्ठ कम्युनिष्टहरु योद्धाहरुले देखाएको बाटोमा हिडिरहेको बताउँदै उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउन भुमिका खेल्ने सबै ज्येष्ठ नागरिकहरु प्रति नमन व्यक्त गरे ।
उनले आफुहरुले कहिल्यै पनि जानी जानी गल्ती नगरेको र नगर्ने बाचा गर्दै भने, ‘ हामी हाम्रै बाटोमा हिडिरहेका छौं, जानेसम्म गल्ती गरेका छैनौं र गर्दैनौं पनी ।’
कम्युनिष्टको साइन बोर्ड झुण्डाउने जति भएपनि व्यबहारमा एउटा मात्रै एमाले रहेको उनको दाबी थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गण्डकी सहइन्चार्ज मायानाथ अधिकारीले सुखानीको जंगलमा मृत्युवरण गरेका सहिदहरु प्रति सम्मान गरे ।
उनले सहिदको सपना पुरा गर्ने एक मात्रै कम्युनिष्ट पार्टी एमाले भएको दाबी गरे ।
नेकपा (एमाले) केन्दीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले नेकपा (एमाले) एक मात्र सच्चा कम्युनिष्ट पार्टी रहेको दाबी गरे ।
उनले नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलन अगाडी बढ्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मान र सहिदको सपना एमालेले मात्रै पुरा गर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा रहेका ज्येष्ठ कम्युनिष्टहरुलाई माला र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह