पोखरा । शितल्ज्योती युवा क्लब पोखरा-१२ को आयोजनामा पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत सोमबार छ खेल सम्पन्न भएका छन् ।
यही फागुन २० गतेदेखी अमरसिँहचौरमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबारको पहिलो खेलमा विटी क्लबले डेभिज फ्ल्स क्लबलाई २-१ गोलले पराजित गरी अघिल्लो चरणमा स्थान बनाएको छ । विटीले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा एक गरी दुई गोल गरेको थियो ।
संगम दर्जीले खेलको १३ औँ मिनेटमा गोल गरी अग्रता बनाएकामा दोस्रो हाफको २६ औँ मिनेटमा अनिल घर्तीले गोल गरी अग्रता दोब्बर बनाए । डेभिजफल्सका लागि अशोक खत्रीले ३२ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
त्यसैगरी सोमबारकै अर्को खेलमा रत्न समाजले आदर्श युथ क्लब भण्डारढिक माथि २-० को जित निकालेको छ । रत्नका विनय तामाङले पहिलो हाफको इन्ज्यरी समयको दोस्रो मिनेट र सिमोन तामाङले खेलको ३३ औँ मिनेटमा गोल गरेका थिए ।
यसैगरी शितलज्योती ए र एनएसजेएफ गण्डकीबीचको खेलको नियमित समयमा दुबै टोलीबाट कुनै पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा शितलज्योती ३-१ गोलले विजयी हुँदै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो ।
यसैगरी ढुँगेसाँघु एएसि र मिलनटोलबीचको खेलमा मिलनटोल विजयी भएको छ । पहिलो हाफको छैटौँ मिनेटमा ढुँगेसाँघुका मिलन नेपालीले गोल गरी खेलमा अग्रता बनाएकामा खेलका ३१ औँ मिनेटमा मिलनटोलका मनिक गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । टाइब्रेकरमा मिलनटोल ३-१ गोलले विजयी भएको छ ।
बारपाक एफसी र केआइइसीबुन एफसीबीचको खेलमा केआइइसीबुन ४-० को फराकिलो अन्तरले विजयी भएको छ । केआइसीबुनका विशालन सुनासर, मिलन गुरुङ, रोशन नेपालीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
सोमबारको अन्तिम खेल गन्नी एफसी र एलजी एकताबीचम हुने तय भएकामा गन्नी एफसीले खेलमा सहभागिता नजनाएपछि एलजी वाकओभर पाउँदै सिधै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।
फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार पाउनेछन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो