बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

Gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलाको १ लाख १ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य शुक्रबार १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ