श्री एयरको उडान आजदेखि पुनः नियमित

श्री एयरको उडान आजदेखि पुनः नियमित

shree

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान–अवतरणको प्रतिबन्ध गरेपछि आजदेखि पुनः नियमित उडान थालेको छ ।

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय भएको हो ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान–अवतरणमा प्रतिबन्ध लगाएको थियो।

श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुनः सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका छन्। उनका अनुसार श्री एयरलाइन्सका जहाजले शनिबारदेखि नियमित उडान गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds