सिन्धुलीमा बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, २४ जना घाइते

सिन्धुलीमा बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, २४ जना घाइते

accidentt durghatana

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारकालागि खुर्कोटस्थित अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ