पाेखरामा कालिज फर्ममा पसेकाे चितुवाकाे आक्रमणबाट २ युवक घाइते

पाेखरामा कालिज फर्ममा पसेकाे चितुवाकाे आक्रमणबाट २ युवक घाइते

चितुवा ज्ञ

पोखरा-१८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ युवक घाइते भएका छन् । त्यहाँ रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान चितुवा पसेकाे हाे ।

चितुवाले फर्ममा काम गर्ने २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सनालाई आक्रमण गरेको थियो । आक्रमण पश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ । तिमिल्सिनालाई चितुवा फर्मबाट फर्कने क्रममा  आक्रमण गरेको थियो ।

घाइते ठकुरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ भने तिमिल्सनाको पोखरा मेट्रोसिटि अस्पतालमा उपचार भएको छ । दुवै घाइतेको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जाेशीले जानकारी दिए ।  प्रहरीका अनुसार उनीहरुको अनुहार र आँखामा कोतरिएको छ ।

आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ । चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र बन कार्यालयको टोली खटिएको थियो ।

मृत चितुवालाई बन कार्यालयको टोलीको जिम्मा लगाइएको छ । चितुवा नियन्त्रणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली खटिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ