पोखरा । देशका केही स्थानको मौसम आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अलिहे बिहान देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।