पोखरा। नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार एकैदिन सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले रुपैयाँले बढेको छ।
आज छापावाल सुन एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आइतबार ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।