विदेशी लगानीकर्ताले ८ महिनामा साढे १३ अर्ब लगे

विदेशी लगानीकर्ताले ८ महिनामा साढे १३ अर्ब लगे

nepali-paisa

काठमाण्डौ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको अवधिमा लगभग साढे १३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले आर्जित नाफाबाट १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार रुपैयाँ लगेका हुन् ।

उद्योग विभागका अनुसार चालू आवको आठ महिनामा ती विदेशी लगानीकर्ताहरुले रोयल्टीवापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार १०७ नेपाली रुपैयाँ लगेका छन् । त्यस्तै, ११ लाख ४८ हजार सात सय ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।

विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइने व्यवस्था छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र यस्तो रकम लैजान पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ