घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

20230219_123403

बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका– ७ मल्म, बागलुङले संस्थाको ३८ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली पूर्णिमा मेला २०७९ को समीक्षा गर्दै आय व्यय सार्वजनिक गरेको छ ।

‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक्रम सहित आफनो ३८ औं वार्षिकोत्सव तथा होली मेला २०७९ आयोजना गरेको थियो ।

समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रममा होली मेलामा यस वर्ष आम्दानी नगद ६ लाख ३५ हजार ७ सय ७६ र खर्च ४ लाख ५३ हजार ४ सय १० र खुद बचत नगद १ लाख ८२ हजार ३ सय ६६ भएको कोषाध्यक्ष सन्त भण्डारीले आर्थिक विवरण प्रस्तुत गरेका थिए।

समिक्षा कार्यक्रममा २०७९ को होली मेला विगतमा भन्दा धेरै राम्रो, कम खर्चमा स्तरिय मेला, यसपटक मेलामा दर्शकको उल्लेख्य उपस्थिती, सबै कार्यक्रमहरुको व्यवस्थापन पक्ष चुस्त दुरुस्त रहनुका साथै सौहार्द वातावरणमा सम्पन्न भएको समिक्षा गरिएको संस्थाका अध्यक्ष थम्मन थापाले जानकारी दिए।

सो अवसरमा होली मेला सफल पार्न सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रायोजक, कलाकार, पत्रकार, सञ्चार माध्ययम, खेलाडी, प्रतियोगी, महिला समुहहरु, युवाहरु, दर्शकहरु, सहयोगदाता, कार्यसमिति, सल्लाहकार, स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds