पोखरा । रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो ।
बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सीना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडीसंग बुधबार प्रतिस्पर्धा गर्नेछ । सरोज जोडीले पहिलो खेलमा रेशम गुरुङ्ग र जसबहादुर गुरुङ्गलाई तथा दोश्रो खेलमा रबिन धमला र फुर्वा छिरिङ गुरुङ्गको जोडीलाई पराजित गरेको थियो ।
त्यस्तै, ओपनतर्फ मंगलबार भएको खेलहरुमा सुरेश तामाङ्ग र नारायण रानामगरले नविन गुरुङ्ग र अभिषेक थापाको जोडीलाई, अखिल कुमार शाही र रेशम थापाले थमन र जिवन गुरुङ्गको जोडीलाई पराजित गरे । अन्य खेलहरुमा विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङ्गको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ्ग र जुक्तमान गुरुङ्गलाई तथा चन्द्र गुरुङ्ग र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई पराजित गरे ।
यसअघि वडाध्यक्ष रुद्रथान बरालले अफिसियललाई खेल समाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा उनले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ्य समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । यो कार्यक्रमलाई रातो किताबमै राखेर हरेक वर्ष उत्कृष्ट बनाउँदै लैजाने उनको भनाई थियो । कार्यक्रमका विशेष अतिथि वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षहरुबाट आफ्नों वडाले पनि खेलकुदका क्रियाकलाप शुरु गर्ने जनाए ।
वडा नम्बर ५ का पूर्ववडाध्यक्ष डिवी नेपालीले महानगरका हरेक वडाले आ–आफ्नों वडामा खेलकुद गतिविधी सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडा सचिव सविता ढुङ्गानाले सञ्चानल गरेको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत गरेका थिए । दुई दिने प्रतियोगितामा ४२ खेलाडीले भाग लिएका छन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला