Gandak News
Our News Your Views

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज

नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएपछि पाेष्टपेड प्रयाेगकर्ताहरू लाभान्वित बनेका छन् ।

जम्मा ६३६ रूपैयाँमा उपलब्ध हुने यो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ। अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेकाे टेलिकमले जनाएको छ।

नेपाल टेलिकम पाेखरा कार्यालयका प्रमुख राकेश चाैधरीका अनुसार प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ’,

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ। साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

यसमा पोस्टपेड मोबाइलको मासिक रेन्टल चार्ज पनि समावेश गरिएको छ।

नेपाल टेलिकमबाट हाल उपलब्ध अफरहरू

लोड हुँदै ...