भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, डिजलमा प्रतिलिटर २२ रुपैयाँ नाफा

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, डिजलमा प्रतिलिटर २२ रुपैयाँ नाफा

petrol

काठमाण्डौ। भारतीय आयल निगम (आईओसी) ले पेट्रोल र डिजलको भाउ घटाएर पठाएको छ। आईओसीले पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटाएर पठाएको हो। भाउ घटेसँगै अब नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।

यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ। पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो।

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ। यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds