फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

Sundar Kumar Thakali

जोमसोम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।

फाेनिजकाे प्रथम मुस्ताङ जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गुरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितिमा पदस्थापन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने थकालीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds