गलकोट नगर अस्पतालमा व्यवस्थापकीय सुधार सँगै बिरामी आउन थाले

गलकोट नगर अस्पतालमा व्यवस्थापकीय सुधार सँगै बिरामी आउन थाले

20230406_120352

बागलुङ । गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा रहेको गलकोट नगर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ।

तत्कालिन गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार गरिए सँगै उपचार गर्न आउने बिरामीको संख्यामा समेत वृद्वि भएको गलकोट नगर अस्पताल सञ्चालक समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिए।

गलकोट नगरपालिकाले तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर अहिले नगरबासी नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यका साथ आवश्यक गृहकार्य गरिरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए।

नागरिकलाई आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउन गलकोट नगरपालिका, नगर अस्पताल व्यवस्थापन समिती र सरोकारवालाले सक्रियता देखाएका छन्।

नगरबासी र छिमेकी पालिकाका नागरिकलाई समेत लक्षित गरि आवश्यक स्वास्थ्य सेवा सुविधा गाउँमै पाउन सकुन् भन्ने संघियताको मर्म हो, त्यो अनुसार सेवा प्रवाह गर्न हामी प्रतिवद्व छौँ, गलकोट नगर अस्पतालका प्रमुख एमडिजीपी डाक्टर राजेश पौडेलले भने । उनले अहिले आवश्यक गुरुयोजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रयास भईरहेको समेत उल्लेख गरे।

सामान्य स्वास्थ्य सेवा समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि आफुहरु प्रयासरत रहेको गलकोट नगरपालिका वडा नम्वर ५ का वडा सदस्य अम्मर बहादुर खत्रीले बताए।

स्वास्थ्य निकै संवदेनशील विषय हो त्यसैले गलकोट नगर अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउनेमा हामी केन्द्रित छौं गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले भने, ‘अस्पताल हुने, सेवा नहुने भयो भने त्यसको अर्थ रहँदैन,’ त्यसैले हामी नागरिकको स्वास्थ्य सेवा प्रति उत्तरदायी छौं।’

स्वास्थ्यमा सामान्य समस्या हुँदा पनि काठमाडौं पोखरा जानुपर्ने अवस्थाको अन्त्यका लागि नगर अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन र आवश्यक जनशक्ति तथा पुर्वाधार तयारमा जोड दिईरहेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए।

गलकोट गलकोट नगर अस्पतालमा अहिले सेवा सुविधाको विषयमा दैनिक स्वास्थ्यकर्मीहरुको समिक्षा बैठक समेत गर्ने गरिएको अस्पतालका सुचना अधिकारी जीवन बोहोराले जानकारी दिए।

वि।सं २०१६ सालमा स्वास्थ्य चौकीको रुपमा स्थापना भएको उक्त अस्पताललाई २०५१ सालमा प्राथमिक स्वास्थ्य केन्द्र र गत वर्ष गलकोट नगर अस्पतालको रुपमा स्तरोन्नती गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds