पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

accidentt durghatana

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds