धादिङका बस चालक र भारतीय पर्यटकको मुस्ताङमा लेक लागेर मृत्यु

धादिङका बस चालक र भारतीय पर्यटकको मुस्ताङमा लेक लागेर मृत्यु

death

जोमसोम । मुस्ताङमा बस चालक र अर्का एक भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुको मुस्ताङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतीय पर्यटक लिएर मुक्तिनाथ दर्शनका लागि आएको ग १ ख ८८५७ नम्बरको बसका चालक निलकण्ठ नगरपालिका धादिङ का ४२ वर्षीय कपिन खाँड ठकुरीको मृत्यु भएको हो । पर्यटकलाई होटलमा छोडेपछि उनले छाति दुखेको बताएका थिए ।

त्यसपछि उनलाई बिहिबार साँझ मुस्ताङ अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । बसका चालक ठकुरीलाई ब्लडप्रेसरको समस्या रहेको उनले बताए । उच्चउचाईको क्षेत्रमा आउँदा प्रेसरको थप समस्या देखिएको थियो ।

यसैगरी, शुक्रबार फेरी पनि एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको आन्ध्र प्रदेश गान्धि नगर बिजय वडा बस्ने ६६ वर्षीय मझौला लक्ष्मी नसिंह रावको मुस्ताङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले जनाए ।

उनलाई मुक्तिनाथ दर्शन गर्ने क्रममा लेक लागेर बिरामी परेका थिए । त्यसपछि अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृत्यु बसका चालक र अर्को भारतीय पर्यटकको अनुसन्धान भईरहेको बताएको छ । पछिल्लो समय मुस्ताङमा मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पटकको लेंक लागेर मृत्यु हुने क्रम बढेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ