चितवन–२ मा रवि लामिछानेको जित पक्का, ३७ हजारभन्दा बढी मतान्तरले अगाडि

चितवन–२ मा रवि लामिछानेको जित पक्का, ३७ हजारभन्दा बढी मतान्तरले अगाडि

चितवन । प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ।

करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि छन्।

ताजा अवस्थामा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds