पोखरा । विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनिकरणको लागि काम गर्ने गैरसरकारी संस्थाविच टेवलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि, नौलो घुम्ती नेपालका पूर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठुलो हुने बताएका थिए ।
जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलिप गुरुङले टेवलटेनिस खेलले व्यक्तिको मानसिक तथा शारिरीक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने बताए ।
प्रतियोगितामा मेन्स सिङगल तर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोश्रो, हेल्पिङ हेन्सका संजित केसी र सुमन क्षेत्री तृतिय भएका थिए ।
त्यस्तै वुमन्स सिङगल तर्फ प्रथम, दोश्रो र तृतिय सबै नौलो घुम्ती नेपालका क्रमशः निलिमा रजक, अन्जना थापा मगर, अनु दवाडी र सिवानी गौतम भएका थिए ।
त्यसै गरी मेन्स डबल तर्फ हेस्पिङ हेन्सका संजित केसी र सागर सापकोटा प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा र अनिष सापकोटा दोश्रा, रिचमण्ड फेलोसिपका अनुस त्रिपाठी र विकास क्षेत्री तथा मनोज कुमार गुरुङ र सन्तोष गुरुङ तृतिय भएका थिए ।
इन्टरनेशनल टेवलटेनिस फाउण्डेसनको आर्थिक सहयोगमा लागु पदार्थ दुव्र्यसनीको उपचारार्थ रिहावमा भर्ना भएका व्यक्तिहरुलाई टेवलटेनिस खेलको माध्यमबाट सोचाइमा सकरात्मकता ल्याइ जिवन शैलीमा परिवर्तन ल्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक ओम गुरुङले बताए।
उक्त प्रतियोगितामा कास्की जिल्लामा रहेका कम्युनिटि सपोर्ट ग्रुप, रिचमण्ड फेलोसिप, गौरव नेपाल, नौलो घुम्ती नेपाल, रिकभरी नेपाल, हेल्पिङ हेन्स् लगाएत ८ वटा संस्थाका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
विजेता खेलाडीहरुलाई जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी, संघका सचिव तथा पत्रकार कृष्ण रानाभाट, रिकभरी नेपालका दिलिप गुरुङ लगाएत अतिथिहरुले मेडल, प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो