पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा–२२, पुम्दीभुम्दीमा गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुलगाएतका स्वदेशी तथा विदेशी संस्थाद्धारा नवनिर्मित आमाघर पाठशालाको बहुउद्धेश्यीय नयाँभवन शुक्रबार उद्घाटन गरेका छन् ।
उनले भवन उद्घाटन गर्दै निजि र सरकारी विद्यालयको साथ साथै गैरसरकारी संस्थाले पनि सुलभ शुल्कमा उच्चस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्थापना भएको आमाघर पाठशालाको शैक्षिक भविष्य उज्ज्वलको कामना गर्दै विद्यालय वनाउन आर्थिक सहयोग गर्ने नेदरल्याण्डका सहयोगी दाताहरुको पनि प्रशसा गरेका थिए ।
साथै सो अवसरमा उनले नेदरल्याण्डमा रहेका लाइट अफ लाइफ फाउन्डेसन तथा वाल सेवा फाउन्डेशन र नेपालमा स्थापना गरिएको नेपाली गाउँका साथीहरु र नेपाल बिकास एकेडेमीका पदाधिकारीलाई सम्मान पत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गरेका थिए ।
कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल वडा भित्र रहेका सबै शैक्षिक, धार्मिक, सामाजिक भवनहरुको संरक्षण तथा विकासमा अभिभावकीय भुमिका खेल्ने बताएका थिए ।
नेदरल्याण्डको गैरनाफामुलक गैरसरकारी संस्था बालसेवाका मार्लिन फिसर र रोबर्ट भ्यानले पनि सहयोग लाई निरन्तरता दिने वताउँदै नेपाली गाउँका साथीहरु संस्था, शिक्षक, कर्मचारीलाई धन्यवाद दिएका थिए ।
संस्थाका अध्यक्ष डा. नारायण शर्माले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्राबिधिक शिक्षाका साथै इन्जिनियरिङ कलेज बनाउने संस्थाको उद्देश्य रहेको बताए ।
नेपाली गाउँका साथीहरू संस्थाका पुर्व अध्यक्ष गोविन्द उपाध्याय, सचिव मोतीप्रसाद पौडेल, अभिभावकहरु झलक बराल, मन्दिरा बराल लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, तिलाहार आमा समुहको स्वागत गित, नेदरल्याण्डमा रहेर संस्थालाई यहाँसम्म ल्याउन योगदान दिएका शशि पौडेलको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।
सो अवसरमा संस्थामा दश बर्षदेखि निरन्तर सेवा गर्नुहुने शिक्षक, कर्मचारीहरु तथा नेडरल्याण्डका दाताहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो