फाईबरमा समस्या आउँदा नेपाल टेलिकमको सेवा अवरुद्व

फाईबरमा समस्या आउँदा नेपाल टेलिकमको सेवा अवरुद्व

ntc_logo_nepal_telecom

बागलुङ । शुक्रबार साँझ देखि बागलुङमा नेपाल टेलिकमको मोवाईल सेवा अवरुद्ध भएको छ। मोवाईल सेवा अवरुद्व हुँदा नागरिक सञ्चारबिहिन भएका छन्।

टेलिकमको पोखरा देखि बागलुङ खण्डको फाईबर तार चुँडिएपछि मोवाईल सेवा अवरुद्व भएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए। फाईबर चुँडिदा शुक्रबार साँझ देखि नेपाल टेलिकमका सबै सेवा अवरुद्व भएको शर्माले बताए।

नेपाल टेलिकम अन्तर्गतका ल्याण्ड लाईन टेलिफोन, मोवाईल, सिडिएमए सबै फोन सेवा अवरुद्ध भएका हुन्। टेलिफोन र मोवाईल सेवा अवरुद्ध भपछि यस क्षेत्रका बासिन्दाहरु कुराकानी गर्न देखि मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन बञ्चित भएका छन्।

त्यस्तै नेपाल टेलिकमको रिपीटर टावरमा समस्या आएकोले माईक्रोवेभ रेडियो लिङ्क समेत बन्द भएको छ। मर्मतका लागि पोखराबाट आएको प्राविधिक टोलीले काम गरिरहेको हुँदा शनिबार दिउँसो सम्ममा सेवा सुचारु हुने नेपाल टेलिकमले जनाएको छ। यद्यपी निजी कम्पनीका ईन्टरनेट भनें सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ