चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला

Shankar-Kandel

चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको कार्यालयको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

उनी नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनी चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds