पोखरा । खासगरी सिरिज निर्माणको ट्रेन्ड छिमेकी मुलुक भारतमा बढी छ । हलिउड र बलिउडका चर्चित कलाकार नै सिरिज निर्माणमा लागिरहेका छन । नेपालमा भने छिटफुट रुपमा मात्रै सिरिज निर्माण हुन्छ । अझ व्यवसायिक हिसाबले सिरिज निकै पछाडि छ । यस्तैमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले एक सिरिज निर्माण गर्न लागेको छ । सिरिजको नाम हो ‘ब्रह्माण्ड” ।
सस्पेन्स फिल्मी ड्रामा र नेपालको प्राकृतिक सुन्दरतालाई दर्शाउने कथामा सिरिज बन्दै गरेको कान्तिपुर फिल्म एकेडेमीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रकाश पुरीले जानकारी गराएका छन् । उनका अनुसार बाबुछोराको शहरसँगको सम्बन्ध र त्यसले पारेको प्रभावका विषयलाई समेट्न खोजिएको छ । आफुले निर्माण गर्ने सिरिजले बजारीकरणसमेत गर्ने दाबी उनको छ ।
उसो त नेपालमा ओटीटी प्लाटफर्म सोचेजस्तो नहुदा सिरिज निर्माणमा धेरैको ध्यान नपुगेकै हो । डिजिटल मार्केटमा नेपाली दर्शक कमै छन् । यति हुुँदा हुँदैपनि कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले जोखिम मोलेको पाइन्छ । बजार र दर्शकको अभावमा पनि सिरिजलाई कस्तो सफलता मिल्ला हेर्न बाँकी छ । तर निर्माण युनिट भने निकै आशवादी देखिन्छ । पुरी भन्छन्,“यो सिरिज माध्यम कन्टेन्टलाई अडियन्स समक्ष पुर्याउने प्रयत्न गरिएको हो । सिनेमा भन्दा माथि उठेर डिजिटल प्लाटफर्ममा नेपाली कथालाई पुर्याउने जमर्को हाम्रो हो । सिनेमाका सबै कथा अब हलमा मात्रै हेरेर सम्भव हुँदैन । सिरिजलाई लिएर आशावादी छौं । ”
नेपाली कथा अब विश्व बजारमा पुग्न आवश्यक छ । चाहे सिनेमाको माध्यमबाट होस् या सिरिज । कन्टेन्टलाई हिरो बनाएर अगाडि बढे सफलता अवश्य मिल्नेछ । विदेशी कन्टेन कपीमै रमायौं भने नेपाली दर्शकले सिरिजलाई पत्याउने छैनन् । सिरिज “ब्रह्माण्ड“ यूनिटको नेपालीपन झल्काउने दाबी छ ।
पोखराको ओपन हाउस, गुप्तेश्वर गुफा, चरक मेमोरियल हस्पिटल, लेकसाइड स्ट्रिट, ट्रेडमल, मिडटाउनमा लगायतका स्थानमा छायाँकन गरिएको सिरिजमा कलाकारहरु सुनील थापा, अर्पण थापा, राजन खतिवडा, विष्णु पहारी लगायतको अभिनय रहेको छ । पहिलो चरणमा तीन एपीसोडको छायाँकन पोखरामा गरिएको हो । सिरिजको सम्पूर्ण छायाँकन पोखरामा नै गर्ने तयारीमा निर्माण युनिट छ ।
सिरिजलाई ओटीटी प्लाटफर्म जी फाइव र अमेजन प्राइममा रिलिज गरिने टोपी स्टुडियोका संचालक सागर राज आचार्यले बताए । उनका अनुसार सिरिज माध्यम पोखराको सुन्दरतालाई विश्व बजारमा पुर्याउन मदत पुग्नेछ ।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’