बागलुङ । गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ ।
गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए। नगरबासी नागरीकलाई अत्याधुनिक सुविधा सहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसीन खरिद गरी सञ्चालनमा ल्याईएको बताए ।
गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट मार्फत १६ लाख मुल्य पर्ने उक्त अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीन खरीद गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलले जानकारी दिए। उनले यसभन्दा पहिले अस्पतालमा म्यानुअल एक्सरे मार्फत् सेवा दिदै आएकोमा अव भने सुविधा सम्पन्न डिजिटल एक्सरे मेसीनमार्फत् सेवा दिन थालिएको बताए।
डिजिटल एक्सरे मेसीनको सेवा सुरु भएसँगै अब भनें अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गलकोट नगर अस्पतालले जनाएको छ । आज पहिलो दिन अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीनबाट ५ जनाले सेवा लिएको समेत जनाइएको छ ।
अहिले गलकोट नगर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्न थालेपछि आकस्मिक कक्ष (ईमर्जेन्सी सेवा) समेत सञ्चालनमा ल्याईएको छ । अस्पतालमा बिरामीहरुको भर्ना गरी चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिए।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा