सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना

सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना

pic_2

काठमाडौँ । सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना भएको छ । आज शुक्रबार दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हम्बरेडाँडामा सामान बोकेको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन् । दुवै जनालाई सोलुखुम्बुबाट गएको सिम्रिक एयरकै हेलिकोप्टरले उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ लगेको जल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

अपर अरुण (एक हजार ६१ मेगावाट) को जलविद्युत् आयोजनाको सामान बोकेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउँन बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ