डाँका तथा चोरी गरेको अभियोगमा तनहुँबाट दुई युवक पक्राउ

डाँका तथा चोरी गरेको अभियोगमा तनहुँबाट दुई युवक पक्राउ

Arrest

सांकेतिक तस्बिर

तनहुँ। डाँका तथा चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। म्याग्दे गाउँपालिका -१ पाँचधारे घर भई ब्यास नगरपालिका -५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र सोही पालिका -१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्गा बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार राति म्याग्दे गाउँपालिका-१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका-१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ डाँका चोरी गर्ने कार्यमा उनीहरूलाई चोरी गरेको विभिन्न सामान र नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान शुरु भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ