बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने

Nepal_Bangaladesh

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।

दुई देशबीच भएको सचिवस्तरिय ‘जोइन्ट स्टेयरिङ कमिटी’ बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन् ।

नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ। दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ ।

४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ