पोखरा–१५ र १४ वडास्तरीय फुटबलको फाइनलमा

पोखरा–१५ र १४ वडास्तरीय फुटबलको फाइनलमा

15 14

पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् ।

पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २–१ ले हरायो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक–एक गोल गरे । वडा नम्बर ३० का सागर गौतमले एक गोल गरेका थिए । वडा नम्बर १५ का श्रीजन म्यान अफ द म्याच घोषित भए ।

दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो ।  वडा नम्बर १४ को जितमा आशिष कार्की र नारन गुरूङले दुई–दुई गोल गरेको आयोजकले जनाएको छ । आशिष म्यान अफ द म्याच बने ।

वडा नम्बर १४ र १४ बीचको फाइनल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds