पोखरा । थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ ।
आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका रुपमा सहकार्य सम्झौता गरेको हो ।
कन्सल्टेन्सीको तर्फबाट फुटबलर श्रेष्ठसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले फुटबलर श्रेष्ठसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै बाँकी खेलजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै ब्राण्ड एम्बेस्टर बनेका श्रेष्ठले आफ्नो तर्फबाट एिम्बेस्टरको भूमिका निभाउन कटिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।
थिंकस्मार्टको एम्बेस्टर बनेका फुटबलर श्रेष्ठले सम्झौतापत्र अनुसार ४ किस्तामा १ लाख प्राप्त गर्नेछन् ।
फुटबलर श्रेष्ठ नेपाली फुटबल जगतका उदीयमान खेलाडी हुन् । उनी हाल जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् ।
थिंकस्मार्ट कन्सल्टेन्सीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहने विद्यार्थीहरुका लागि क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका देशमा सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन