पोखरा । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम को आयोजना एवम् लायन्स क्लब अफ पोखरा लेकसाइडको आतिथ्यता एवम् संयोजनमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा यही जेठ २७ गते चौथो क्याविनेट बैठक हुने भएको छ ।
बैठकमा विभिन्न जिल्लाका १४० लायन्स क्लबका चार सय भन्दा बढी लायनहरू सहभागी हुने लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
सामाजिक सेवाका हरेक क्षेत्रमा कृयाशिल लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम अन्तर्गतका क्लबहरूले आआफ्नो स्थानमा विशिष्ट योगदान पुर्याउँदै आएको बताउँदै उनले यो बैठकबाट घान्द्रुकको पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास लिइएको बताए ।
कोरोना लगायतका कारण प्रभावित पर्यटनमा लायन्सका माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिइएको उनले बताए ।
कार्यक्रम संयोजक लायन जगन्नाथ तिमल्सिना (जयराम) का अनुसार घान्द्रुकमा हुने बैठकको तयारी तीव्र पारिएको छ । गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्य अनुरुप शहरी क्षेत्र बाहिर कार्यक्रम आयोजना गरिएको उनले बताए ।
गुजुमुज्ज परेर पूर्वतर्फ फर्किएको ढुङ्गैढुङ्गाले छापिएको प्राचीन मौलिकतामा आधारित गुरुङ गाउँ हो घान्द्रुक । माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृंखलाको एकसाथ दृश्यावलोकन गर्न पाइने यो गाउँ अन्नपूर्ण चक्रीय पदमार्ग, घोरेपानी, पुनहिल, अन्नपूर्ण आधार शिविर आदिको प्रवेशद्वार भएका कारण पनि चासो र चर्चा कमाएको छ । समुदायमा आधारित पर्यटन यहाँको विशिष्टता हो ।
सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेसँगै यो पर्यटकीय गन्तव्यका रुपमा स्थापित बनेको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुक विशेषतः अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दछ । पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य यस स्थलमा पर्यटकस्तरीय होटेल, होमस्टे आदि सञ्चालनमा आएका छन् ।
चार सय भन्दा बढी लायनहरूको उपस्थितिमा घान्द्रुकमा हुन लागेको बैठकले यस क्षेत्रको पर्यटनमा विशिष्ट योगदान पुग्ने विश्वास लिइएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो