लमजुङ कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

लमजुङ कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

pakrau-file-photo-750×375

लमजुङ । लमजुङ कारागारबाट फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्।

बिहीबार राति बेसीशहर नगरपालिका–८ शेरास्थित कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।

प्रहरीका अनुसार फरार भएका लमजुङ मध्यनेपाल नगरपालिका–४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नगरपालिका २ चिसापानीको जंगलबाट पक्राउ गरेको हो ।

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राती साढे ११ बजे बेसीशहर नगरपालिका १ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

दुई जनालाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ