पोखरा । कला र संस्कृतिले धनि देश नेपाल भएता पनि पछिल्लो समय मौलिक लोक सस्कृतिहरु लोप हुन लागेको महशुस भइरहदाँ पोखरा महानगरपालिका वडा नं. ९ का महिला दिदीबहिनीहरुलाई वडा महिला सञ्जाल पोखरा ९ को आयोजनामा १० दिने मादल वजाउने तालिम प्रदान गरिएको छ ।
महिलाहरुलाई तालिम मात्रै नभइ उनिहरुले सिकेको सिपको सदुपयोग होस भन्ने हेतुले सहभागी महिलाहरु आवद्ध समुहलाई वाद्यवादन सामाग्रीहरु मादल, खैजडी र मुचुङ्गाको सेट वितरण गरिएको थियो ।
वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिति सदस्य भावना श्रेष्ठ, वडा सदस्यहरु नन्दराम गिरी, गिता चम्रकार र लक्ष्मी पहारी, वडा सचिव कुलराज पौडेल, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, राम मन्दिर योग केन्द्रकी अध्यक्ष इश्वरी श्रेष्ठ, नयाबजार नेवा पुच यमुना तझ्या, सहभागीको तर्फबाट टिका पोख्रेल, प्रशिक्षक प्रदिप राजपाज लगायतले वोलेका थिए ।
वडा महिला सञ्जाल पोखरा ९ की अध्यक्ष कमला केसिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता बास्तोला र संचालन सचिव प्रभा सुवेदीले गरेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु