पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा एक २ वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर पाल्पाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् ।
यस्तै, मृतक सीताका छोरा २ वर्षीय बालक संयोग गौतम र पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् ।
दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ । उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ ।
यस्तै अर्घाखाँचीको पाणिनी–१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली घाइते भएका छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । भने घाइते भएका पाणिनी–१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतमको बुटवल चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थमै मृत्यु, ६ घाइते
पाल्पामा जीप दुर्घटना हुँदा जीपधनीसहित दुई जनाको मृत्यु, चालक घाइते
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च